ताजा समाचार

डा. केसीका समर्थकद्वारा डडेल्धुरामा सरकारी सवारी चलाउन रोक

स्वास्थ्यमा समस्या बढ्दै, रिफरको तयारी

डडेल्धुरा । अनसन बस्न सुदुरपश्चिम पुगेका डा. गोबिन्द केसीको समर्थनमा डडडेल्धुरामा सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।

डा. केसी अनसन बसेको हप्तादिन बढि हँदासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै उनका समर्थकले सरकारी गाडी चलाउन रोक लगाएको जनाएका छन् ।

आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।

डडेल्धुराको सदरमुकाममा १ः३० देखि २ः३० सम्म १ घण्टाकालागि पसल समेत बन्द गर्न लागिएको जनाइएको छ । यद्यपी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पाैडेलले गाडी बन्द नहुने जनाएका छन् । कसैले गाडी चल्न दिन्नाैं भन्दैमा गाडि नचल्ने भन्ने हुँदैन् । यो कुरा मान्य हुने कुरा पनि होइन् ।

यस्तै, डा. केसिको स्वास्थ्यमा समस्या आउन थालेपछि उनलाई रिफे गर्ने तयारी भइको जनाइएको छ । उनको ब्लड प्रेसर र मुटुको चाल बढेकाले उनलाई स्वास्थ्यमा थप समस्या हुनसक्ने भन्दै सुविधासम्पन्न अस्पतालमा रिफरको तयारी भएको हो ।

डा. केसीले सुदुरपश्चिममा नै अनसन बस्ने भनेकाले उनलाई कैलाली तिर रिफर गर्न सकिने समेत जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org