ताजा समाचार

जनमोर्चालाई सघाउन नेकपाले चढायो बागी उम्मेदवार घर्तिलाई हेलिकप्टर

बाग्लुङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागी उम्मेदवारी दिएका प्रदेश सभा उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ ।

बाग्लुङ प्रदेश सभा (ख)मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई नेकपाले प्रभु एयरको हेलिकप्टरबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याएको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय दिउसो १ बजेसम्मका लगि थियो । बागी उम्मेदवार घर्तीलाई उम्मेदवारी फिर्ता लिन हेलिकप्टरबाट सदरमुकाम ल्याइएको थियो । तर, घर्ति सदरमुकाम आइपुग्दा समय सकिएकाले उम्मेदवारी फिर्ता भने संभव भएन् ।

नेकपाले यो क्षेत्रमा जनमोर्चालाई निर्वाचनमा सघाउने भन्दै नेकपा र जनमोर्चाको संयुक्त उम्मेदवार खिमविक्रम शाही उम्मेदवाेर बनेका थिए । तरम, घर्तिले सधै अन्य दललाई सघाउने नाममा पार्टीले अन्याय गरेको भन्दै बागी उम्मेदवारी दिएका थिए । यहि मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवार शेरमाटन घर्तिलाई लिन आएको हेलिपकप्टर

१२ वर्ष जनमोर्चाको राजनीति गरेका घर्ति २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । सोहि समयमा भएको स्थानिय निकायको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए ।

बागी उम्मेदवार घर्तिलाई प्रहरीको भ्यानमा राखेर बुर्तिवाङका नगरपालिकाका मेयर देवकुमार नेपालीको दरबार होटेलमा पुर्याइएको तियो । भने होटेलको छतबाटै घर्तिलाई सदरमुकाम ल्याइएको हो । तर, उम्मेदवारी फिर्ताको समय सकिएकाले नेकपाको कसरत भने बेकामे बन्न पुगेको छ ।

यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको गतवर्ष मंसिरमा मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org