ताजा समाचार

भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राख्नु बलमिच्याइँ होः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपालको भूमिलाई आफ्नो नक्सा जारी गरेको जनाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले आइतबार ज्ञापनपत्र बुझाउन पुगेको बेला पत्र बुझ्दै उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

भारतको नक्सालाई अस्विकार्य भनेर नेपालले भनेको र भारतले एकपक्षीय रुपमा नक्सा जारी गर्नु बलमिच्याइँ भएको जनाएका हुन् । यसलाई राजनीतिक, कुटनीतिक रुपमा समाधान खोजिने समेत उनले जनाएका हुन् ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org