ताजा समाचार

बागी उम्मेदवारी फिर्ता लिने गरि नेकपाले गलायो शेरमानलाई !

काठमाडौ । स्वतन्त्र भन्दै बागी उम्मेदवार बनेका नेकपाका नेता शेरमान घर्तीले अन्ततः उम्मेदवरी फिर्ता लिएका छन् ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घर्तीले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै नेकपा र जनमोर्चाका उम्मेदवारको पक्षमा भोट समेत मागेका छन् ।

विभिन्न कारण उम्मेदवारी फिर्ता लिन नसकिएको भन्दै उनले आफ्नो उम्मेदवारी फिर्तासङ्गै निर्वाचनमा खटिएर लाग्ने र भोट माग्ने समेत जनाएका छन् ।

नेकपाले उनको उम्मेदवारी फिर्ता गराउन हेलिकप्टरबाट सदरमुकाम ल्याएको थियो । तर, निर्वाचन आयोगले दिएको समयमा हेलिकप्टर नपुग्दा उनको उम्मेदवार सूचिम नाम भने कायमै छ ।

राजमोबाट संयुक्त रुपमा निर्वाचनमा होमिएका खिमविक्रम शाहीलाई समर्थन गर्ने जनाएका घर्तीलाई आखिर गलाएरै छाडेको छ । उनले अन्तिमसम्म समेत आफ्नो उम्मेदवरी फिर्ता नहुने बन्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org