ताजा समाचार

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद् हेरफेरदेखि सीमा विवादबारे छलफल हुँदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँगको सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।

आफ्नो सचिवालयका सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिन निर्देशन दिएका प्रधानमन्त्री ओलीले पछिल्लो समय निकै सक्रियता देखाइरहेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डसँगको वान टू वान वार्तापछि आज बोलाइएको सचिोवालय बैठकमा छलफलका एजेण्डाका रुपमा उपनिर्वाचन, मन्त्री मण्डल परिवर्तन र सीमा विवादबारे छलफल हुने जनाइएको छ ।

सरकारको आलोचना भइरहेको र दुई तिहाइको सरकारले भनेजस्तो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेर कामलाई तिब्रता दिन चाहेको जनाइन्छ । यद्यपी मन्त्रिपरिषद् पुर्नगठनको कुरा बेलाबेलामा चल्दै आएपनि यसले मुर्तरुप पाउन भने सकेको छैन् ।

सचिवालयमा भारतले नेपालको सीमा मिचेकोबारे समेत गहन छलफल हुने जनाइएको छ भने चुनावी नतिजालाई सरकारको परिक्षाको घडीको रुपमा लिइएकाले निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरिसकेपछि चुनाव प्रचारप्रसारमा लाग्न निर्देसन दिने समेत तयारी रहेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org