ताजा समाचार

निजी मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिने सरकारको अल्टिमेटम

गुपचुप सहमति नगर्न विद्यार्थीलाई मन्त्री पोखरेलको आग्रह

काठमाडौं । निजी मेडिकल कलेजलाई सरकारले १५ दिनभित्र अतिरिक्त शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले १५ दिन भित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्धा चलाइने चेतावनी दिएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विद्यार्थीहरुलाई गुपचुप रुपमा सहमति नगर्न अनुरोध गर्दे चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’

निजी कलेजहरुले तालाचावी बुझाइदिन्छाैं भनेकै भरमा विद्यार्थीमाथिको ठगीलाई सरकारले वेवास्ता गर्न नसक्ने भन्दै शुल्क फिर्ताको विकल्प नबएको समेत जनाएका छन् ।

१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org