ताजा समाचार

नेकपा सचिवालय बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ ।

यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।

केन्द्रीय सल्लाहकारको अध्यक्षमा अमृत बोहरा, केशव बडाल र सचिवमा अशोक रोकाय, नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org