ताजा समाचार

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न राज्य व्यवस्थाको सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले मिचेर सार्वजनिक गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाइ समेटेर नयाँ सक्सा सार्वनजिक गर्न निर्देशन दिएको छ ।

नेपालको नक्सा त्रुटीपूर्ण भएको भन्दै समितिकी सभापति शशी श्रेष्ठले भनिन्, ‘सरकारले समेत त्रुटीलाई स्विकार गरेको छ । त्यसैले लिम्पयाधुराको काली (स्थानीय भाषामा कुटीयांदी) नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजजिक गर्न दिर्नेशन दिएका हौं ।’

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएपनि उनी अनुपस्थित भएका थिए । उनले सरकारको प्रतिनिधिको रुपमा भूमि व्यवस्थामन्त्री पदमा अर्याललाई पठाएका थिए । मन्त्री अर्यालले समेत नेलापको नक्सा त्रुटी पूर्ण भएको स्विका गरेकी थिइन् । भने उनले लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org