गृहमन्त्री बादल र चिनका आपतकालिन व्यवस्थापन उपमन्त्री उपमन्त्री भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहेका चीनका आपतकालिन व्यवस्थापन मन्त्रालयका उपमन्त्री श्जभलन न्गयनगबलनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले गत महिना चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी पनि दुई देशबीच सम्झौता भएको स्मरण गर्दै सो सम्झौता कार्यान्वयनको प्रक्रियामा गईसकेको जानकारी दिए ।
प्राकृतिक विपद्का घटना दुबै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफुहरुले गरेको बताए ।
भेटवार्तामा उपमन्त्री न्गयनगबलनलनले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाईने जानकारी दिए ।
उनले केहि समयपछि विपद् व्यवस्थापनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सो सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्ता दिएका छन् ।
Comments
अरु समाचार
-
गाैरिकाले पाैडीमा स्वर्ण जित्दै बनाइन अर्को किर्तिमान
काठमाडौं । पाैडी खेलाडी गाैरिका सिंहले सय मिटर फ्रीस्टाइइलमा स्वर्ण पदक जित्दै अर्को किर्तिमान कायम गरेकी छन् । १३ औं...
-
१३ औं सागमा भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा
काठमाडाैं । साग १३ औं सस्करणमा भारतसँग नेपाली महिला फुटबल टिम पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।...
-
३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री
एजेन्सी । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल...
-
धुम्बाराहीमा नेकपा सचिवालय बैठक जारी, यी एजेण्डामा छलफल हुँदै
काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । प्रचण्डले कार्यकारी अध्यक्षको...
-
प्रचण्ड निवासमा बिहानै माधव, वामदेव र जनार्दन, दिउसो सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टीका शीर्ष नेताहरु औपचारिक/अनौपचारिक छलफल जुटेका छन् ।...
-
उपचारपश्चात पहिलो पटक प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । ।अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन् । नौ दिन लामो अस्पताल...
-
गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, नागरिकको गोपनीयता हक हनन हुन सक्ने
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ। विभागलाई विदेशीको प्रतिजासुसी गर्नदेखि टेलिफोन ट्यापिङ...
-
पाैडीमा गाैरिकाले जितिन तेश्रो स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित...
-
कोहलपुरमा प्रहरीको गोली लागेर स्कुले विद्यार्थी गम्भीर घाइते
बाँके । जिल्लाको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि उनको मृत्युले कोहलपुर तनावग्रस्त बनेको छ । बालिकालाई ठक्कर दिएपछि ट्रकका...