ताजा समाचार

डा. केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्कियो

काठमाडाैं । अनसनरत डा. गोबिन्द केसीलाई लिन डडेल्धुरामा पुगेको हेलिकप्टर रित्तै फर्किएको छ ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई लिन पुगेको हेलिकप्टर रित्तै फर्किएको हो । उनले आफू जबरजस्ती कतै नजाे अडान राखेपछि हेलिकप्टर रित्तै फरकिएको जनाइएको छ ।

सरकारले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर, सहमति विपरित डा. केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org