खानेपानी ऐन आयो भने धेरै विवादहरु हल हुँदै जानेछन्: खानेपानी मन्त्री
बर्दिया । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकी छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीय स्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतिहरु विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने बताएकी हुन् ।
मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पु-याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताइन् । ‘हिजोका दिनमा योजनाहरु धेरै बने । भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुग्यो, उनले भने, ‘ अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिईसकेको छु ।’
खानेपानी र सरसफाइको क्षेत्रमा देशैभरिको गुरुयोजना बनाएर अघि बढ्ने उनले बताइन् । ‘खानेपानीका समस्याहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयले योजना बनाउने छ, उनले भनिन्, ‘समस्यालाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्नेछ । योजनाका जटिलतालाई हामीले ध्यान दिएका छौं । मन्त्रालय मातहत रहेका ठूला आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब स्पीडमा काम गर्दैछौं ।’
‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं ।’ उनले जोड दिंदै भनिन्, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...