ताजा समाचार

काभ्रेमा फेरि बस दुर्घटना

काभ्रे । काभ्रेमा फेरि अर्को बस दुर्घटना भएको छ ।

बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो । नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बसमा सवार २० जना यात्रु घाइते भएका छन् । सबै यात्रुको उद्धार गरिसकेको छ । केही गम्भीर घाइते भएका काभ्रे प्रहरीले जनाएको छ । बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org