ताजा समाचार

बंगलादेशी राष्ट्रपति चन्द्रागिरी र पोखरा पनि जाने

बंगलादेशी राष्ट्रपति हमिद काठमाडाैं ओर्लनासाथ 'भक्तपुर दरबार स्क्वायरमा'

काठमाडाैं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडाैं ओर्लनासाथ भक्तपुर दरबार क्षेत्रको भ्रमण अवलोकनमा निस्किने भएका छन् ।

विमान बंगलादेशको विशेष उडानबाट मंगलबार दिउसो १२ः ४५ मा काठमाडाैं आउन लागेका राष्ट्रपति हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरमा सहभागी हुनेछिन् ।

४ दर्जन बढीको प्रतिनिधिमण्डल लिएर नेपाल भ्रमण आउन लागेका हमिद भक्तपुरबाहेक बिहिबार पोखरा र शुक्रबार चन्द्रागिरी भ्रमणमा निस्किने भएका हुन् ।

राष्ट्रपति हमिदको इच्छाअनुसार नै उनलाई भक्रपुर क्षेत्रमा लगिने भएको हो । भने, उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org