ताजा समाचार

‘आलमका मान्छेले भारतमा बन्धक बनाएर बम नभएर स्टोभ पड्केको भनेर बयान फेर्न लगाए’

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमले बम विष्फोटका प्रत्यक्षदर्शीले आफूलाई अपहरण गरेर बयान फेर्न लगाएको बताएका छन् ।

राैतहटको फरहदवामा १२ वर्ष अगाडी भएको बम विष्फोटका प्रत्यक्षदर्शी गाैरीशंकर चमारले आलमका व्यक्तिले आफूलाई अपहरण गरेर भारत लगेर बयान फेर्न लगाएको जनाएका छन् ।

आलमका मान्छेले आफूलाई भारतमा लगेर चार दिनसम्म बन्धक बनाएर एउटा कागजमा सही गर्न लगाएको र चाहेजति पैसा लगेर बयान फेर्न दवाव दिएको जनाएका छन् ।

पीडित भनिएका गाैरीशंकरले राैतहट जिल्लामा बम विष्फोट नभएको र आफू बम विस्पोटमा नभई स्टोभ पड्किदा घाइते भएको भन्दै कागजात पेश गरेका थिए ।

उनीहरुले अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर घाइते भएको वयान दिनू भनेर सिकाएको र सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालत नजिक ल्याएर छाडिएको गौरीशंकरले जनाएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org