ताजा समाचार

बंगलादेशी राष्ट्रपति अब्दुल हमिद नेपालमा, विमानस्थलमै गरिन् राष्ट्रपति भण्डारीले स्वागत

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन् ।

उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन् ।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org