ताजा समाचार

डा. केसीद्वारा अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।

देशमा सीमा विवाद चलेको भन्दै उनले आफ्नो अनसन तोड्ने बताएका हुन् ।

डा. केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते अनशन सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो ।

तर, उनी डडेल्धुरा नछाड्ने भन्दै सेनाको हेलिकप्टरलाई रित्तै फर्काएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org