ताजा समाचार

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : सिइओ र डाक्टरसहित ५ जना जेल चलान

काठमाडौं । मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ र डाक्टर सहित ५ जना जेल चलान भएका छन् ।

उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला  प्रत्यारोपण गरेको आरोप छ ।

ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको एसपी गोविन्द थपलियाले जानकारी दिए ।

प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो ।

मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा-३ का शंकर लामा योञ्जन हुन् ।

शंकर लामा योञ्जनको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि उनकै भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको भन्दै गत असार २० गते दोरम्बा गाउँपालिकाबाट मामा-भान्जाको नाता प्रमाणित गरिएको थियो । तर, फोटो उप्काएर काभ्रेका ३६ वर्षीय मनोज लामा (नाम परिवर्तन)को फोटो टाँस गरेर उनकै मिर्गौला झिकेर शंकरको शरीरमा प्रत्यारोपण गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org