ताजा समाचार

मदिराले लठ्ठ दार्चुलाका वडाध्यक्ष रावलको रामधुलाई

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष मदन रावलमाथि कुटपिट भएको छ ।

सोमवार राती मालिकार्जुन मेला हेरेर फर्किने क्रममा वडाध्यक्ष रावलमाथि एक समुहले कुटपिट गरेको हो ।

मदिरा सेवन गरेर लठ्ठ रहेका वडाध्यक्ष रावललाई सवारी साधनहरु ओभर टेक गर्ने क्रममा सवारी चालक तथा परिचालकसंग विवाद हुँदा बसमा सवार यात्रुहरुले कुटेको एक जना स्थानीयले निगरानी खबरलाई बताए ।

कुटपिटबाट वडाध्यक्ष रावलको मुखमा चोट लागेको छ ।

सवारी साधन ओभर टेक गर्ने क्रममा विवाद हुँदा बसमा सवार यात्रुहरु वडाध्यक्ष विरुद्ध खनिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org