ताजा समाचार

पासाङ ल्हामु शेर्पाकी छोरी फुटीले स्पेनका लागि राजदूतको कार्यभार सम्हालिन्

स्पेन । स्पेनका लागि नेपालका नवनियुक्त राजदूत दावा फुटी शेर्पाले आफ्‍नो कार्यभार सम्हालेकी छन् ।

उनले मंगलबारदेखि म्याड्रिडस्थित नेपाली दूतावासमा राजदूत राजदूतको जिम्मेवारी सम्हालेकी हुन् ।

उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा नियुक्ती गरेकी थिइन् ।

यसअघि स्पेनको राजदूतमा भरतबहादुर रायमाझी थिए । नेपाल सरकारले उनलाई फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org