ताजा समाचार

प्रचण्ड जी तपाई क्रान्तिकारी नेता हो: बंगलादेशी राष्ट्रपति

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका हमिदसँग नेकपा अध्यक्ष प्रचण्डले बुधवार विहान होटल मेरियटमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा हमिदले प्रचण्डलाई आफूले क्रान्तिकारी नेताका रुपमा चिनेको भन्दै नेपालको परिवर्तनमा प्रचण्डको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डको जनयुद्धकालीन नेतृत्वतर्फ हमिदले संकेत गरेको हुनसक्ने नेकपा नेताहरु बताउँछन् ।

भेटमा सहभागी नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष प्रचण्डले नेपाल र बंगलादेश ३० किलोमिटरको सिमानाले छुट्याइएको छिमेकी मुलुक रहेको भन्दै दुई देशबीच ब्यापार तथा पर्यटनको क्षेत्रमा सहयोग आदान प्रदान हुनुपर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org