ताजा समाचार

विद्याको चुनावी नाराः जनताको आँसु पुछ्ने पार्टी नेकपा

पोखरा । जनताकोे सुखदुखको साथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेकाले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता पोखरा ९ का मतदाताले गरेका छन् ।

जनताको आँसु पुछ्ने पार्टी नेकपा मात्रै रहेको बताउँदै कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउने उनीहरुले प्रबिद्धता व्यक्त गरे ।

चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या पुग्दा वडाबासीले भव्य स्वागत गर्दै मत दिएर विजयी गराउने प्रतिबद्धता गरेका हुन् । चुनावी अभियानका क्रममा उम्मेदवार विद्यालाई आसिर्वाद दिदै ९४ वर्षीया बालकुमारी पराजुलीले नेकपा उम्मेदवारको जित सुनिश्चित भएको बताइन् ।

विकासप्रेमी नेता स्वर्गीय रवीन्द्र अधिकारीको सपनालाई साकार पार्नसमेत विद्यालाई विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

चुनावी अभियानकै क्रममा पोखरा बसपार्कको कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले विकास निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र सुरु भएका काम पनि छिट्टै पुरा हुने बताउँदै नेकपा उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘नयाँ योजनाहरु पनि नेकपा सरकारले अगाडि बढाउँदैछ,’ उनले भने ।

जनतासँग साक्षात्कार गर्ने क्रममा वडा नं. ९ को न्युरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभाहरु सम्पन्न भए । सवै ठाउँमा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त अवसरमा बोल्दै उम्मेदवार विद्याले जनताका अधुरा सपना पुरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताइन् ।

‘तीन तहका सरकारसँग समन्वय गरी विकासका कामको अगुवाइ गर्नेछु,’ उनले भने, ‘मेरो जितलाई सम्पूर्ण जनताको जितको रुपमा स्थापिता गराउन म लाग्नेछु ।’ कार्यक्रममा कलाकारहरुले समेत गीतसंगीतका मार्फत उम्मेदवार विद्यालाई विजयी गराउन आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org