ताजा समाचार

इजरायलले हवाइ आक्रमण गर्दा इस्लामिक विद्रोहीसहित ३४ को मृत्यु

एजेन्सी । इजरायलले हवाइ हमला गर्दा इस्लामिक विद्रोहीसहित ३४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

इजरायली र इस्लामिक जिहादी विद्रोहीबीच दुई दिनसम्म चलेको हमलामा सयौं परिवार बिस्थापित भएको बताइएको छ । मारिनेहरुमा स्थानीय रहेको बताइएको छ । गाजापट्टीमा भएको हमलामा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुई पक्षबीच युद्धविरामको घोषणा हुनुअघि इजरायलले हवाइ हमला गरेको थियो । इस्लामिक जिहादका नेता र केन्द्रीय गाजा ब्रिगेडमा रकेट इकाइका कमाण्डर रस्मी अबु मल्होसलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।

मारिनेहरु अब्बुका परिवारका सदस्यहरु समाचारमा जनाइको छ । इजरायली सेनाका प्रवक्ता अविखाई अदराईले पनि उक्त हमलाको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org