ताजा समाचार

घटना नभएको भए मलाई ५ लाखदेखि २ करोडसम्म दिन आलमका मान्छे किन तयार श्रीमान ?

फैसला केहिबेरमा आउदै, आलमले भनेः बम त के पटका पड्काएको छैन्

राैतहट । जिल्लाको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ ।

बहसको क्रममा न्यायाधीशले आलमलाई सोधेको प्रश्नमा उनले बम त के पटका समेत पड्काएको छैन भनेर इन्कारी बयान दिएका छन् ।

बम विस्फोटबारे घटना हुँदै नभएको भन्दे आलमले आफूलाई फसाउन खोजिएको जनाएका छन भने घटना नभएको कुरा दोहोर्‍याएका छन् ।

तर, वम विस्फोटमा परेर मृत्यु भएका भनिएका त्रिलोक प्रताप सिंहका बुबाले भने अदालतमा ‘घटना भएकै छैन भने मलाई ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर आलमका मान्छेले किन भन्छन श्रीमान’ भन्दै खण्डन गरेका छन् ।

वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए । आलमबारे केहिबेरमा फैसला आउने समेत जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org