ताजा समाचार

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरी पनि घाइते !

उदयपुर । उदयपुरको बेलका नगरपालिका- ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ ।

उत्खननको विषयलाई लिएर स्थानिय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी पनि घाइते भएका हुन् ।

नदी उत्खननको विषयमा विरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिपरलाई सदरमुकामतर्फ लैजान खोजेपछि झडपको स्थिति सिर्जना भएको जनाइएको छ ।

स्थानीयले अहिले एम्बुलेन्सबाहेकका सवारी साधन ठप्प पारेका छन् । यातायात प्रभावित बनेको छ भने स्थानीय विरोधमा उत्रिएका छन् ।

सिसुवा खोलाबाट अवैध रुपमा ढुंगा, गिटी निकालिएको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपरलाई केही दिनदेखि रोकिराखेका थिए । मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो । उक्त सुचना पाए लगत्तै विरोधमा उत्रिएका स्थानीयमाथि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले अश्रुग्यास समेत हानेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदपुरको सञ्चार शाखाले जनाएअनुसार नगरपालिकाले पर्याप्त छलफलविनै लालबजारको खोलाबाट गिटी बालुवा निकाल्न टेण्डर खुलाएको स्थानीयवासीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org