ताजा समाचार

भैरहवामा प्रचण्डले भनेः पूर्वाधार र शहर विकास भएको ठाँउमा राजधानी राख्न जरुरी छैन्

प्रदेश ५ राजधानीबारे प्रचण्डले के भने ?

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ राजधानिबारे बोलेका छन् ।

लुम्बिनी पर्यटन प्रवर्दन, औधोगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटनमा बोल्दै प्रचण्डले आम नागरिकको सहजता र सुविधाको आधारमा राजधानी तोकिने जनाएका हुन् ।

प्रदेश राजधानीबारे बोल्दै प्रचण्डले पूर्वाधार विकास भइसकेको ठाँउमा राजधानी राख्नु आवश्यक नरहेको भन्दै नयाँ स्थानमा राजधानी राख्न सकिने जनाए । उनले प्रदेश ५ का विभिन्न स्थानमा पुग्दा त्यहाँका जनताले राजधानी माग गर्ने गरेको स्मरण गरे ।

शहर र पूर्वाधारको विकास भइसकेको स्थानमा राजधानी राख्नु पर्छ भनेर आफ्नो मत नरहेको भन्दै उनले मास्टर प्लान बनाएर राजधानी नया‍ँ स्थानमा राख्न सकिने उनले जनाए । आफ्नो भनाई गलत ढंगले नबुझिदिन आग्रह गर्दै प्रचण्डले भने,‘छलफल भएर सबैले सहज हुने गरी राजधानी तोकिन्छ।’

आज प्रचण्डले महोत्सवको उद्घाटन गर्दै आफूले महोत्सवको उद्घाटनमा ह्याट्रिक गरेको समेत जनाए । यद्यपी प्रचण्डले प्रदेश ५ को राजधानीबारे दाङ नेपालगञ्ज लगायतका स्थानमा पुगेर ठाँउ अनुकुल भाषाको प्रयोग गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org