ताजा समाचार

निर्मला प्रकरणका चर्चित पात्र भण्डारी पक्राउ

काठमाडाैं । निर्मला प्रकरणमा नयाँ तरङ्ग सिर्जना गर्ने एक पत्रकारलाई प्रहरिले पक्राउ गरेको छ ।

निर्मला प्रकरणमा राष्ट्रिय राजनीति देखि जनतासम्म तरङ्ग पैदा गरेका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

मानसखण्डका सम्पादक समेत रहेका पत्रकार भण्डारीले सामाजिक संजालमा विभिन्न उत्तेजित अभिव्यक्ति दिएर जनतालाई भड्काएको आरोप लाग्दै आएको थियो । उनी केहि समय निर्मला प्रकरणमा समाचार बनाउने एक शक्तिशाली पत्रकारको रुपमा उदाएका थिए ।

कञ्चनपुर प्रहरीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले भन्डारीलाई पक्राउ गरेको बताएको छ ।

उनले प्रहरीले अपराधी भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टले या्तो काम गर्नै नसक्ने लगायततका समाचारहरु संप्रेषभ गर्दै सामाजिक संजालमा विभिन्न पोस्टहरु गर्ने गरेका थिए , जसले सुदूरपश्चिमममा आन्दोलनले उग्र रुप लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org