ताजा समाचार

विश्वकप छनोटः कुवेतसँग नेपाल १-० ले पराजित

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले १–० गोल अन्तरले पराजित गरेको हो ।

कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो । यो हारसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org