ताजा समाचार

कांग्रेस नेता प्रदेशसभा सदस्य र नगर सभापतिबीच सडकमै कुटाकुट

वीरगञ्ज । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य र वीरगञ्ज नगर सभापतिबीच सार्वजनिक स्थलमै कुटाकुट भएको छ ।

बुधबार बिहान झण्डै ८ बजेतिर कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएपछि स्थानीयले उनीहरुलाई छुटाएर उद्दार गरेका छन् ।

आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि नेताहरु गालीगलाैजमा उत्रिएर कुटाकुट नै सुरु गरेपछि चिया पिउन भेला भएका स्थानियहरुले उनीहरुलाई छुटाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा समूहका नेताहरु कुटाकुटको क्रममा नाकबाट रगत समेत बगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

दुवै नेताहरुले एकले अर्कोलाई आरोप लगाउदै गाली गरेपछि कुटाकुट भएको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org