ताजा समाचार

बाजेको सेकुवा अब भक्तपुरमा पनि

लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो ।

बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार गरिरहेको नयाँ शाखाको बुधबार बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले गरे ।

विगत तीन महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि शाखा सञ्चालन गरिएको थियो ।

उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ । अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ ।

अस्टे«लिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए । नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org