ताजा समाचार

राजीनामा दिन गरेको प्रधानमन्त्रीको आग्रह उपसभामुखद्वारा ठाडै अस्विकार

काठमाडाैं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्विकार गर्दै संवैधानिक संकट देखा पर्ने गरि आफूले राजीनामा नदिने जनाएकी हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले राजीनामा दिन भनेपनि उनले संवैधानिक संकट देखा पर्न सक्छ भन्दै राजीनामा दिन अस्विकार गरेकी हुन् ।

यस्तै, तुम्बाहाम्फेले आज मन्त्री पदको सपत समेत नलिने पक्कापक्की भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org