ताजा समाचार

मन्त्रिमण्डल परिवर्तन आज नहुने, ओली बालुवाटारबाट बाहिरिए

काठमाडाैं । आज हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले तयारी थालेपनि कार्यव्यस्तता देखाउदै आज नहुने जनाइएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिले श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न हाेटल याक एन्ड यती जानु पर्ने भएकाले आज मन्त्रिपरिषद् पुनर्गठन नहुने देखिएको हो ।

दुबै अध्यक्षको एक कार्यक्रममा जानु पर्ने भएकाले हामी बालुवाटारबाट निस्कियाैं । आज मन्त्रिपरिषद् पुनर्गठन हुदैन । प्रचण्डको सचिवालयकी सदस्य गंगा दाहालले भनिन् ।

कार्यव्यस्तताका कारण आज मन्त्रिमण्डल परिवर्तनको संभावना टरेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org