ताजा समाचार

BREAKING: को को बन्दै छन नयाँ मन्त्री, को भए आउट ? (सुचीसहित)

स्वास्थ्यमन्त्री यादवको जिम्मेवारी खोसियो, को पुग्यो उनको मन्त्रालयमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को पुनर्गठन भएको औपचारिक घोषणा भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका थिए । उक्त शुचि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन गरेकी हुन् ।

मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार विदा हुने मन्त्रीहरुमा उद्योग मन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपानी खनाल, समान्य प्रशासनमन्त्री लालबबु पण्डित, भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थपमाया थापा रहेका छन् भने नयाँ थपिनेमा घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराराज भट्ट, रामेश्वर राय यादव, मोतिलाल दुगड, रामवीर मानन्धर लगाएत रहेका छन् ।

यस्तै, केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको जनाइएको छ । उपप्रधान एवं स्वास्थ्यन्त्री उपेन्द्र यादवको जिम्मेवारी खोसिएको छ भने उनी कानुन्मन्त्री भानुभक्त ढकालको मन्त्रालयमा पुगेका छन भने ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।

नयाँ मन्त्रीहरुको सपथ भोलि ११ बजे हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org