ताजा समाचार

सरकारबाट बाहिरिदै उपेन्द्र यादव !

काठमाडाैं । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिने संकेत देखा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेपछि उनी सरकारबाट बाहिरिने संकेत देखा परेको हो ।

संघीय समाजवादीबाट तीन जना मन्त्री बनेकामा एक राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरेसँगै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिएर नेकपाका नेता रामवीर मानन्धरलाई पठाएपछि समाजवादी पार्टी झस्किएको छ ।

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत प्रधानमन्त्री ओलीमा स्वेच्छाचारीता र निरंकुशता देखिन थालेको टिप्पणी गरेका छन् । गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी सरकारमा बसिरहने की छाड्ने भन्नेवारे दिल्लीबाट उपेन्द्र फर्केपछि निर्णय हुने जनाएका छन् । यद्यपी उनले सरकारको कदमप्रति आपत्ति जनाइसकेका छन् ।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई अपमानित गरेपछि सरकारबाट बाहिरिने तयारी सुरु भएको हो । उक्त पार्टीका महासचिव महेन्द्र राय यादवले सरकारमा बसिरहन नैतिक रुपमा दवाव सिर्जना भएको जनाउदै पार्टी सरकारबाट बाहिरिने जनाएका छन् ।

महासचिव यादवले उपेन्द्र यादव शुक्रबार दिल्लीबाट फर्किने र त्यसपछि ठोस निर्णय हुने जनाउदै उनी आउनुअगाडी नै पार्टी सरकारबाट बाहिरिन सक्ने संभावना समेत रहेको जानएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org