ताजा समाचार

भीम रावलको प्रश्नः कम्युनिष्ट पार्टीको उछितो काढ्ने यादव र त्रिपाठीलाई मन्त्री किन बनाइयो ?

धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेका दुगडलाई मन्त्री बनाउनुको औचित्य के ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले कम्युनिष्ट पार्टीको उछितो काढ्नेलाई मन्त्री बनाइएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै नेता रावलले उपेन्द्र यादव, हृदयेस त्रिपाठी र मोतिलाल दुगडलाई मन्त्री बनाएको प्रति कडा प्रहार गरेका छन् ।

विगतमा कम्युनिष्ट पार्टीका विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ? भन्दै मोतिलाल दुगडको विषयमा गम्भीर आपत्ति जनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा समावेश गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org