ताजा समाचार

बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियूको प्रदर्शन

वीरगञ्ज । मेडिकल कलेजको शुल्क वृद्धि फिर्ता गर्न सरकारले दिएको समय सकिनै लाग्दा वीरगञ्जमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न आवाज उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले अन्सारीलाई विद्यार्थी कुटपिट गरेको भन्दै उनलाई तत्काल पक्राउ गर्न माग गर्।दै प्रदर्शन भएको हो ।

अनेरासववियूका नेताहरु सहभागी र्‍यालीले अन्सारीलाई पक्राउ गर्न माग गरेको हो । विद्यार्थीमाथि निर्घात कुटपिट भएको कुराको भत्सना गर्दै अन्सारीलाई पक्राउ गर्न माग गरिएको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org