ताजा समाचार

घरेलु मैदानमा हुने साग खेल्नवाट विमल, अन्जन र दिनेश वञ्चित

काठमाडाैं । एन्फाको अनुसासन कारबाहीमा परेका तीन खेलाडीले सागमा खेल्न नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कारबाहीमा विमल घर्ति मगर, अन्जन विष्ट र दिनेश राजवंशी परेका थिए । उनीहरु तीनैजनाले नेपाली घरेलु मैदानमा हुन लागेकोम १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुन नपाउने पक्का भएको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध हुन लागेको खेलमा भुटान जाने तयारीमा रहेका खेलाडी विदाईको अघिल्लो रात नाइट क्लबमा गएपछि उनीहरुलाई एन्फाले अनुसासनको कारबाही गरेको थियो भने उनीहरुले उक्त खेल समेत गुमाएका थिए ।

साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने र नयाँ खेलाडी टिममा राखिने बताएका छन् । उनका अनुसार, कारबाहीमा परेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।

यद्यपी उनीहरुमाथि एन्फा अनुशान कमिटिले अध्ययन गरिराखेको छ भने यसबारे रिपोर्टसमेत आइसकेको छैन् । भने, उनीहरुमाथिको कारबाही समेत कति हुने हो भन्नेबारे खुलाइएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org