ताजा समाचार

पोखरामा चुनावी सभा चलिरहेकै बेला वम विस्फोट !

कास्की । पोखराको नयाँ बजारमा अज्ञात समूहले बम विस्पोट गराएको छ ।

उपचुनावको मिति नजिकिदै गर्दा बम विस्फोट गराइएको हो । कास्की-०२ को उपचुनावका लागिसत्तारुढ दल नेपाल कम्युनिष्ट (पार्टी) नेकपाले चुनावी सभाको आयोजना गरेको थियो । भने त्यहाँ चुनावी सभा चल्दै गर्दा बम विस्पोट भएको हो ।

नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सभालाई सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा बम विस्फोट भएको हो ।

कास्कीमा नेकपाले स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको श्रीमति विद्या भट्टराईलाई निर्वाचनमा उम्मेदवार बनाएको छ । भने त्यहाँ चिनावी सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष प्रचण्डले समेत सम्बोधन गरेका छन् ।

विस्फोटबाट मानविय क्षति नभएपनि बसका सीसाहरु फुटेका छन् । यसअघि पनि पोखरामा विस्फोट हुँदै आएको छ भने उक्त विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org