ताजा समाचार

पोखराको चुनावी सभा नजिकै बम विस्फोट गराएको आशंकामा एक पक्राउ

कास्की । उपचुनावको अवसरमा चलिरहेको सभा नजिकै बम विस्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सत्तारुढ दल नेकपाका संसदिय दलका नेता सुवास नेम्वाङले चुनावी सभालाई सम्बोधन गरिरहेका बेला बम विस्फोट भएको थियो । उक्त सभामा नेकपाका उपाध्यक्ष वामदेव गाैतम, अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पाैडेल लगायतका नेताहरु उपस्थित भएका थिए ।

वम विस्फटपछि प्रहरीले सुरक्षा सतर्कता कडा बनाएको थियो भने सुरक्षा िनगरानीकै बेला एक व्यक्तिलाई विस्फोट गराएको आशंकामा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो । तर, पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org