ताजा समाचार

कानुनमन्त्री यावद निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारमा !

जनकपुरधाम । स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा भएका उपप्रधानमन्त्री उपेन्द्र यादव निर्वाचन आयोगको आचारसंहिताको धज्जी उडाउदै निर्वाचन प्रचारमा जुटेका छन् ।

भक्तपुरको चुनावी सभालाई सम्बोधन गरेका यादउव आज बुधबार महोत्तरीको पिपरा पुगेर गाउँपालिका अध्यक्षलाई भोटको अपिल गर्ने भएका छन् । भोट माग्न मधेस झरेका मन्त्री यादवले शनिवार उपचुनावको सुनावी सभालाई सम्बोधन गर्नेछन् ।

मन्त्री यादवले आफूलाई अपमानित गरेको महशुस गरेको आफू निकट नेताहरुलाई जनाउने गरेका छन् ।

यद्यपी प्रधानमन्त्री ओलीले भने सल्लाह मै मन्त्रालयको जिम्मा दिइएको जनाएका थिए । तर, यादवले भने आफूसँग कुनै सल्लाह नभएको दाबी गर्दै आएका छन् ।

यादवको पार्टी समाजवादीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ भने सरकारसँग वार्ता गर्न एक टोली समेत गठन गरेको छ । कानुनमन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लङघन गरेपनि निर्वाचन आयोगले भने कुनै कारबाही या अन्य कुनै वक्तव्य निकालेको भैन छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org