ताजा समाचार

पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको शानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिवलमा बंगलादेशलाई हराएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।

बंगलादेशभन्दा कडा देखिएको नेपालले सहजै जित निकालेको हो । बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५-९ ले सहजै जितेको थियो । पहिलो सेटमा सहज जित दिलाउन सरस्वती चौधरीले ५, प्रतिभा मालीले ४ र रेश्मा भण्डारीले ३ अंक दिलाएकी थिइन् ।

यस्तै प्रतिभाले ६ अंक दिलाएपछि नेपालले दोस्रो सेटमा पनि २५-९ ले नै जितेको थियो ।

यस्तै नेपालले अन्तिम सेटमा २५-११ ले जित्दै सागमा शानदार सुरुवात गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org