ताजा समाचार

अर्घाखाँचीमा बस दुर्घटना, सात जनाको मृत्यु

अर्घाखाँची । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट वुटवल आउदै यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

लु१ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ स्थित कालाखोलामा बुधबार दिउँसो बस दुर्घटना भएको हो ।

बसमा झण्डै १८/१९ जना यात्रु सवार रहेको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार सात जनाको घटनास्थल मै मृत्यु भएको हो ।

प्रहरीका अनुसार बस घुमतिबाट खसेर तल झरेको हो । मृतकको सनाखत भने हुन सकेको छैन् ।

दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ। भने, प्रहरीले दुर्घटनाकोबारेमा अनुसन्धान थालेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org