ताजा समाचार

हिड्न थाले प्रधानमन्त्री, आज जाउलो खुवाउने तयारी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली हिड्न सक्ने भएका छन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक डाक्टरका अनुसार उनी हिडडुल गर्न सक्ने भएका हुन भने उनलाई आज जाउलो खुवाइनेछ । अस्पतालले भने एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाएको छ । उनको अकस्मात एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया भएको थियो । यद्यपी उनको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अस्पतालले कसैलाई भेट्न दिएको थिएन् । यसअघि बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो ।

आज भने पत्नी राधिका शाक्य र उनका परिवारका मान्छेबाहेक अरुलाई भेट्न नदिइने तयारी अस्पतालले गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org