ताजा समाचार

अर्घाखाँची बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो, ११ को सनाखत

अर्घाखाँची । जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ ।

मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।


सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका(२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५,६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।घाइतेहरुको चौराहा अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज र ललितपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org