ताजा समाचार

साग उद्घाटन मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने

काठमाडाैं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३ औं उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पारस खड्काको नाम सिफारिस भएको छ ।

सागको प्राविधिक उपसमितिले मंसिर १५ गते हुने उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा बिशेष समारोहकाबीच काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सोहि उद्घाटन समारोहमा सागमा सहभागी देशहरुको मार्चपास हुनेछ । भने, उक्त मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पारसले बोक्न उपसमितिले सिफारिस गरेको हो ।

साग खेलकुद प्रतियोगितामा सहभागी जनाउन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाबाट झण्डै पाँच हजारको संख्यामा खेलाडी, प्रशिक्षक र कर्मचारी नेपाल आउनेक्रम सुरु भइसकेको छ ।

उद्घाटन समारोहमा नेपालको एतिहास, वर्तमान र भविष्य जनाउने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । भने, उक्त समारोहमा १५ हजार बढी दर्शकको सहभागीता हुने जनाइएको छ ।

सागक सुरक्षा व्यवस्था चुस्त बनाउन २० हजार सुरक्षाकर्मी परिचालन हुनेछन भने ५ सय स्वयंसेवीलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org