ताजा समाचार

थवाङमा नेकपाका बुढा विजयी

रोल्पा । रोल्पाको थवाङको एक वडामा नेपाल कम्युनिष्ट प्पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

थवाङ गाउँपालिकाको वडा नम्बर १ मा जनकबहादुर बुढा १७४ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई भारी मतले हराएका हुन् । १६.४ प्रतिशत मत खेसेकोमा कांग्रेसका उम्मेदवारले २६ मत मात्रै ल्याएका थिए ।

प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीका अनुसार अनुसार ९ मत बदर भएको छ।

थवाङमा दुई सय ९ मत खसेको थियो। यहाँ एक हजार दुई सय ७४ जना मतदाता भए पनि मतदानमा धेरैजसो मतदाता अनुपस्थित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org