ताजा समाचार

भक्तपुरमा कांग्रेस जीत नजिक, यस्तो छ मतपरिणाम !

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।

आइतबार १० बजेसम्मको मतगणनाअनुसार चाँगुनारायणका ९ वटा वडाको मत गणना भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३०८३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले १०६९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन्। अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ९ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

अब भक्तपुर नगरपालिका वडा न १० को मात्र मतगणना हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org