ताजा समाचार

दाङको प्रदेशसभा २ नेकपाको अग्रता

दाङ । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले सुरुवाती अग्रता लिएको छ ।

दाङको बबई गाउँपालिका वडा नं. १ को मतगणना सकिदा नेकपा उम्मेदवार बिमला वलीले अर्गता कायम गरेकी हुन् ।

जसमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार विमला ओलीले ८४० मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले २६३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org