ताजा समाचार

कास्की २ अपडेटः विधाले लिईन् दोब्बर अग्रता

पोखरा । हिजो शनिबार देशका विभिन्न क्षेत्रहरुमा भएका उपनिर्वाचनको मतगणनाको क्रम अझै पनि जारी रहेको छ ।

अधिकांश स्थानमा नेकपाको लहर देखिएको छ । यसबीच उपनिर्वाचनमा सबैभन्दा बढि चर्चित बनेको कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेद्वार विधा भट्टराईले फराकिलो अग्रता लिएकी छिन् ।

उनले आफनो प्रतिष्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलको तुलनामा दोब्बर मतको अग्रता लिएकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार विधाले १४ हजार ८७९ मत ल्याएकी छिन् भने पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org