ताजा समाचार

५८ वर्षीया हजुरबुबाले १५ वर्षीया नातिनी गर्भवती बनाएपछि…

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिकामा हजुरबाले बलात्कार गर्दा १५ वर्षीया नातिनी गर्भवती भएकी छन ।

१५ वर्षीया नातिनी बलात्कार गरेर गर्भवती बनाउने ५८ वर्षीय हजुरबालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ ।

बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

बृद्धले गएको साउनमा बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको छ ।

बालिका गर्भवती भएपछि बलात्कारको घटना बाहिरिएको हो।
बालिकाको पेट अस्वभाविक बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेको थियो ।

बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।

बालिका सुस्त मनस्थितीकी छन्। गर्भपतनका लागि उनलाई प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले जानकारी दिइन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org