ताजा समाचार

१३औं सागमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजी श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

योसँगै आयोजक नेपालले स्वर्णमा खाता खोलेको छ ।

सोमबार भएको प्रतिस्पर्धामा उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् ।

फाइनलमा मण्डेले २५.७२ अंक ल्याए । नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए ।

त्यसअघि समूह चरणमा उनले सर्वाधिक २४ अंक ल्याएर फाइनलमा स्थान बनाएका थिए । पाकिस्तान नाइमुतुल्लाहले २३.६८ अंकका साथ स्वर्णका लागि भिडन्त पक्का गरेका थिए ।

सोमबार करातेमा व्यक्तिग र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ। बुधबारसम्म चल्ने करातेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org